काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २९ जनामा कोरोना सङ्क्रमण भएको छ । तीन सय ६५ जनाको पिसिआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा १५, मोरङमा आठ, सुनसरीमा तीन र इलाममा दुईजनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १७ महिलासहित ३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुईजना पुरुषको मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २८ कार्तिक २०७८, २१ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण
चितवनमा १० महिनापछि देखियो कोरोना