टुकुचे हिमालबाट हिउँ पहिरो खस्यो, स्थानीयवासी त्रसित

सफल खबर संवाददाता

आइतबार, २८ कार्तिक २०७८, १४ : १५
टुकुचे हिमालबाट हिउँ पहिरो खस्यो, स्थानीयवासी त्रसित

पोखरा । मुस्ताङस्थित टुकुचे पिकबाट हिउँ पहिरो खसेको छ । आइतबार बिहान हिउँ पहरो खसेको हो । हिउँ पहिरोसहित धुँलो खसेकोले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको छ ।

हिउँ पहिरोका कारण स्थानीय त्रसित बनेका छन् । यसअघि यति ठूलो पहिरो खसेको अनुभव नभएको गाउँलेले बताए । एक्याप मुस्ताङका प्रमुख ऋषि बरालले हिउँ पहिरो खसेको पुष्टि गरे ।

‘भाग्दा लडेर केही मानिस घाइते भएकाे तर, मानवीय क्षतिको विवरण आएको छैन । घरपालुवा जनावरहरू परे कि भन्ने छ । प्रहरी खटाएका छौं,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भने, ‘पहिरो रोकिएको छ । हिउँमाथि भएको हुनाले थप खस्न सक्ने अवस्था छ । सचेत रहन भनेका छौं ।’

प्रतिक्रिया दिनुहोस