मालेको महाधिवेशन कात्तिक २७ देखि २९ गतेसम्म चितवनमा हुने

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, १५ : ४८
मालेको महाधिवेशन कात्तिक २७ देखि २९ गतेसम्म चितवनमा हुने

चितवन। नेकपा (माले) को आठौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । नारायणगढमा पत्रकार सम्मेलन गर्दै मूल आयोजक समिति संयोजक तथा स्थायी समिति सदस्य दिननाथ घिमिरेले महाधिवेशनको तयारी तीव्र भएको बताए ।महाधिवेशन कात्तिक २७ गतेदेखि २९ गतेसम्म नारायणगढस्थित नारायणी कला मन्दिरमा हुनेछ ।

महाधिवेशनमा देशभरबाट ३ सय ५० जना प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनबाट ७५ सदस्यीय केन्द्रीय कमिटि, ११ जना स्थायी समिति सदस्य, २१ जना पोलिटब्युरो सदस्यहरु चयन हुनेछन् ।

त्यस्तै २० वटा विभागहरुको नेतृत्व पनि चयन हुनेछ । नेता घिमिरेले नेतृत्व सर्वसम्मत चयन हुने बताए । महाधिवेशनमा नयाँ जनवाद, राजनितिक प्रतिवेदन, नेपाल चिन्तन, संगठनात्मक सिद्धान्त, संगठनात्मक प्रतिवेदन, कार्यनीति, आर्थिक प्रतिवेदन, राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रस्ताव र पार्टी विधान संशोधनलगायतका दस्तावेजमाथि समूहगत छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस