खरीद प्रक्रियामाथि रोक लगाउने निर्णय नमान्ने धुलिखेल नगरपालिका संघको घोषणा

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, १५ : २२
खरीद प्रक्रियामाथि रोक लगाउने निर्णय नमान्ने धुलिखेल नगरपालिका संघको घोषणा

काठमाडौं । शहरी विकास मन्त्रालयले उपभोक्ता समितिहरुमार्फत हुँदै आएको खरीद प्रक्रियामाथि रोक लगाउने निर्णय गरेको छ । शहरी विकास मन्त्री  रामकुमारी झाँक्रीले गरेको नयाँ निर्णयबारे निर्माण व्यवसायीहरुले सकारात्मक प्रतिक्रिया जनाए पनि धुलिखेल  नगरपालिका संघका अध्यक्षसमेत रहेका धुलिखेलका मेयर एवं एमाले नेता अशोक ब्याञ्जुले उक्त निर्णयको आलोचना गरेका छन । उनले  नगरपालिकाहरुले यसलाई नमान्ने घोषणासमेत गरे ।

उनले भने , 'नेपालको सन्दर्भमा जहाँ पुँजीको अभाव छ, त्यहाँ जनताले २०र२५ प्रतिशत पुँजी परिचालन गरेर गरिने पूर्वाधार विकासमा श्रम मात्र होइन जनसभागिताको साझेदारी हुन्छ । यसको राम्रो पक्ष के हो भने फाइनान्सियल सपोर्ट हुन्छ । राज्यको बजेटमा नै यो जोडिन्छ । त्यसैले यो फाइदाजनक छ ।दोस्रो- उपभोक्ताहरु आफैंले विकासको प्रयोग गर्ने भएका यसको क्वालिटीमा उनीहरुले सम्झौता गर्दैनन् र राम्रो काम हुन्छ । कन्ट्रयाक्टबाट काम गर्दखेरि त्यसमा भ्याट तिर्नुपर्छ, ओभरहेड तिर्नुपर्छ । यो १५÷२० प्रतिशत खर्च उपभोक्तमार्फत गर्दाखेरि जोगिन्छ । यो पनि एउटा फाइदै हो । त्यसकारणले गर्दा उपभोक्ता समितिमार्फत गरिने कामको जवाफदेहितालाई घटाउनुहुँदैन'।

उनले एउटा मन्त्रीले देशभरिको सबै कानून प्रतिबन्धित गर्न नसक्ने भन्दै उक्त कार्य संविधान विरोधी भएको बताए । 

प्रतिक्रिया दिनुहोस