काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्मै लैजाने बताएका छन्। नेकपा (एकीकृत समाजवादी) दार्चुलाको जिल्ला कमिटी घोषणा तथा आमसभालाई सम्बोधन गर्न गोकुलेश्वर पुगेका अध्यक्ष नेपालले अहिले बनेको गठबन्धन स्थानीय तह, प्रदेश, सङ्घ र अब छिट्टै हुने राष्ट्रियसभा निर्वाचनमा यथावत रहने बताए ।
उनले केपी अोलीको पार्टीको भविष्य पाँच दलीय गठबन्धमार्फत समाप्त पारिदिने चेतावनी दिए । अध्यक्ष नेपालले केपी ओलीको कब्जामा रहेको पार्टीको भविष्य नभएको जिकिर गरेका थिए उनले भने, “आउने चुनावमा पाँचै पार्टी मिलेर जानेछौँ, केपी कब्जामा रहेको पार्टीको पत्तासाफ हुनेछ ।” उनले अहिले घोषणा गरिएको कमिटीलाई सबै स्थानीय तह र वडा तहसम्म कमिटी गठन गर्दै चुनावको तयारीमा जुट्न आग्रह गरे ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले दार्चुलाको निर्माणाधीन गोकुलेश्वर विमानस्थल र मालिकार्जुन धामका लागि बजेटको कमी हुन नदिने बताए। नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी घोषणा कार्यक्रममा उनले अहिले विमानस्थलका लागि बजेट थोरै भएको भन्दै आफ्नो मन्त्रालयबाट बजेटको कमी हुन नदिने उद्घोष गरेका थिए ।
उनले भने, “अहिले विमानस्थलमा थोरै बजेट देखेँ । यो विमानस्थलको टर्मिनल भवन, ट्याक्सी पार्किङलगायतका सबै भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिन्छ ।” उनले विमानस्थल निर्माण संवेदनशील भएको भन्दै ठेकेदारले बदमासी गर्नबाट जोगाउन आग्रह गरे । “विमानस्थलमा बजेट विनियोजन हुन्छ, यसको निर्माणमा निगरानी गर्नुहोला”, उनले भने । उनले राष्ट्रकै सातौँ धाम मालिकार्जुनमा विगतको सरकारबाट बजेटमा कटौती हुँदै गएको भन्दै अब मालिकार्जुन धाममा क्रमागतरूपमा चाहिने जति बजेट राखिने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ कार्तिक २०७८, १७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
दुई दलीय व्यवस्थाका लागि सरकारले अध्यादेश ल्याउन लागेको हो : माधव नेपाल
माधव नेपाल रुस प्रस्थान
माधव नेपाल रुस प्रस्थान