भरतपुर अस्पतालका सेक्यूरिटी गार्ड सुपरभाईजर राजबहादुर घिमिरेको खुलेआम लुट धन्दा

प्रकाश सिग्देल

मंगलबार, २३ कार्तिक २०७८, १७ : २५
भरतपुर अस्पतालका सेक्यूरिटी गार्ड सुपरभाईजर राजबहादुर घिमिरेको खुलेआम लुट धन्दा

चितवन । भरतपुर अस्पतालमा सेक्यूरिटी गार्डमा जागिर लगाईदिने भन्दै भरतपुर अस्पतालका सेक्यूरिटी गाडका सुपरभाईजरले १ दर्जन बढि बढि लाई ठगी गरेका छन । खुकुरी  नेपाल सेक्यूरिटीजका भरतपुर अस्पताल सुपरभाईजर राजबहादुर घिमिरेले दजनौ मानिसलाई  बढिलाई ठगि गरेको पिडितहरुले बताए ।

सेक्यूरिटी गार्डमा जागिर लगाईदिने भनेर विगत १ वर्ष अगाडी देखी आफुहरु संग प्रति व्यक्ति ८ हजार देखी १५ हजार रुपैया सम्म रकम लिएर अहिले सम्म जागिर नलगाई आफुहरुमाथि ठगी गरेको पिडितहरुले बताएका छन ।

उसले महिलाई पनि जागिर लगाईदिने भन्दै राति राति आफुलाई भेट्न आउन बारम्बार आग्रह गर्ने गरेको पिडित महिलाहरु बताउँछन । महिलाहरुलाई आर्थिक मात्रै नभई अन्य शोषण समेत गर्ने गरेको पिडितकी आफन्त देबी गिरीले बताईन ।

आफुलाई पटक पटक फोन गरेर नाईट आउ जागिर लगाईदिन्छु भनेर बारम्बार फोन गर्ने गरेको पिडित महिला समिक्षा काफलेको भनाई छ ।  एकदिन बेलुका आउ एक दिन आएसी जागिर पक्का हुन्छ भनेर बोलाउने गरेको उनले बताईन । आफुलाई योन शोषण गर्न लागेजस्तो अनुभुती हुन थालेपछि आफु बेलुका नगएको उनको भनाई छ ।उसले जागिर लगाईदिन्छु भनेर महिना अगाडि ८ हजार ५ सय रुपैया पैसा लगेको काफ्लेले बताईन ।

पिडित मंगल धोज थापाले आफुसंग यस अघि असारमा ५ हजार ५ सय रुपैया लिएर साउनमा काम दिन्छु भनेर पैसा लगेर ठगी गरेको बताए ।  जागिर नलगाईदिएपछि पैसा फिर्ता माग्दा उसले पैसा पनि फिर्ता नदिने गरेको उनको भनाई छ ।

अर्का पिडित मोहन गुरुङंले १ वर्ष अघि असोजमा ८ हजार ५ सय रुपैया पैसा लगेर अहिले सम्म जागिर तथा पैसा केही  नदिएको बताए । अहिले आफुहरुमिलेर प्रशासनमा उजुरी समेत गरेको उनले बताए ।

आफुसंग पनि घिमिरेले ५ हजार ५ सय रुपैया खाएको र  घिमिरेले भरतपुर अस्पतालमा कार्यरत सेक्यूरिटी गार्डहरुलाई कम्पनिले दिएको सेवा सुबिधा समेत नदिएर ठगि गर्ने गरेको सेक्यूरिटी गार्डमा कार्यरत आक बहादुरले बताए । कम्पनिले आफुहरुलाई डे्रस,बुट सबै फ्रिमा दिने गरेको भएपनि उसले त्यसमा पनि पैसा लिने गरेको उनको भनाई छ ।

त्यहा जागिर खाने गार्डहरुबाट उसले ५ हजार देखी २० हजार सम्म पैसा लिने गरेको, दिदि बहिनिहरुलाई राति राति डिउटीमा बोलाएर यौन शोषण गर्ने कु नियत राखेको टेड्र युनियनका नेता आसमान तामाङंले बताए । उसले नियुक्ति पत्र नदिने अरु कम्पनिले दिएको सेवा सुबिधा नदिने देखि अरु धेरै गलत काम गरेकोले यसलाई कडा भन्दा कडा कारबार्ही गर्नु पर्ने माग आफुहरुको रहेको तमाङ बताउँछन । पिडितहरुले प्रशासन कार्यालय चितवनमा उजुरी समेत दिएको बताएका छन् ।

अस्पतालमा कार्यरत एक जना जिम्मेवार व्यक्तिले अस्पतालमा जागिर लगाईदिने भनी लाखौ रुपैया ठग्दा पनि अस्पताल मौन बस्नु अस्पताल प्रशासनको गम्भिर लापरबाही हो ।अस्पतालले यस्ता व्यक्तिमाथि आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा खबरदारी गर्न जरुरी छ ।

 

 

प्रतिक्रिया दिनुहोस