काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजनिामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका तीनजना न्यायाधीश सोमवार मुद्दा सुनुवाइमा सहभागी भएका छन् ।
बन्दीप्रत्यक्षीकरणको रिटमात्र सुनुवाइ गर्ने बताएका न्यायाधीशहरूले जबराले आफ्ना लागिसमेत इजलास तोकेपछि बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने बताएका थिए । तर, न्यायाधीशहरू कुमार चुडाल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी इजलास फर्किएर मुद्दा सुनुवाइमा सहभागी भएका छन् ।
ढुंगाना र रेग्मीले संयुक्त इजलासमा एउटा बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ थालेका छन् । यसअघि अर्का न्यायाधीश चुडालले त्यस्तै प्रकृतिको रिटमा सुनुवाइ गरी आदेशसमेत जारी गरेका छन् ।
चुडाल र अर्का न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा एक एकवटा रिट पेसीमा थिए । दुईमध्ये चुडालले रिटमाथि सुनुवाइ गरी आदेश दिएका छन् भने श्रेष्ठ अहिलेसम्म इजलास गएका छैनन् ।
प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई छोडेर रोलक्रममा कनिष्ठतम् न्यायाधीशहरूका लागि इजलास गठन गरेका थिए । जबराविरुद्ध आन्दोलन गरिरहेका न्यायाधीशलाई मुद्दा सुनुवाइ नछाड्न चर्को दवाव परिरहेको छ भने प्रधानन्यायाधीश आफुप्रति नरम देखिएका न्यायाधीशको इजलास तोकेर धमाधम मुद्दा सुनुवाइ अघि बढाउने रणनीतिमा छन् । उनको यही रणनीतिअनुसार सोमवारका लागि इजलास गठन भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ कार्तिक २०७८, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट
भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै प्रदर्शन
५२ संवैधानिक पदाधिकारीविरुद्ध सुनुवाइ जारी
५२ संवैधानिक पदाधिकारीविरुद्ध आज फेरि सुनुवाइ
सर्वोच्च अदालतमा १५ हजार ५ सय २१ मुद्दा छिनोफानो
५२ संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दामा सुनुवाइ हुँदै