२३०७ जनाको पीसीआर परीक्षण गर्दा १८३ जनामा कोरोना  संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, १९ कार्तिक २०७८, १७ : २०
२३०७ जनाको पीसीआर परीक्षण गर्दा १८३ जनामा कोरोना  संक्रमण पुष्टि

 काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२ हजार ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र २ हजार ५ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी १८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् ।
 

प्रतिक्रिया दिनुहोस