बराह ज्वेलरीले ल्यायो बम्पर उपहार योजना , नुनदेखि सुनसम्म खरिद गर्नेलाई १ किलो सुन र शानदार कार उपहार

सफल खबर संवाददाता

शुक्रबार, १९ कार्तिक २०७८, १२ : २७
बराह ज्वेलरीले ल्यायो बम्पर उपहार योजना , नुनदेखि सुनसम्म खरिद गर्नेलाई १ किलो सुन र शानदार कार उपहार

धरान । बराह ग्रुप अफ कम्पनीले लक्ष्मी पुजाको अवसरमा बम्पर उपहार ल्याएको छ । बराह ज्वेलरीले बराह लक्की बम्पर उपहार ल्याएको कम्पनीले विज्ञप्ति जारी गरि जनाएको छ ।

बराहले ल्याएको बम्पर लक्की उपहार योजना अन्तर्गत बराहमा नुनदेखि सुनसम्म खरिद गरेका ग्राहकले निसान ब्राण्डको म्यागनाईट शानदार कार र १ किलो सुन जित्न सक्ने बताइएको छ । ‘२०७८ साल तिहारको सम्पूर्णमा मंगलमय शुभकामना ब्यक्त गर्दै लक्ष्मी पुजाको अवसरमा बराह ग्रुप अफ कम्पनीको प्रस्तुती बराह लक्की बम्पर उपहार योजना ल्याएको सहर्ष जानकारी गराउँन पाउदा हामी खुसी छौं । यस योजना अन्तर्गत ग्राहकहरुले बराहमा नुनदेखि सुनसम्मको खरिदमा सामेल हुन सक्नु हुनेछ ।’ बराहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बराहमा कुनैपनि सामान तथा सेवा खरिद गर्ने ग्राहकले निसान ब्राण्डको म्यागनाईट शानदार कार र १ किलो सुन जित्न सक्छन् साथै, बराह स्पेसल डिसकाउन्ट कुपन र बराह लक्की पर्सन अफ द डे पनि बत्र सक्ने जनाइएको छ ।

१ किलो सुनको लक्की ड्रमा देशै भरीका बराहको शाखामा सुन खरिद गरेबापत लक्की बम्पर उपहार योजनामा सरिक हुन सकिनेछ । त्यसैगरी निसान ब्राण्डको म्यागनाईट कारको लक्की ड्रमा देशै भरीका बराहको शाखामा रहेको सुनभन्दा बाहेकको खरिद तथा सेवा प्रयोग गरेवापत सहभागी हुन सकिन्छ ।

बराह ग्रुप अफ कम्पनी अन्तरगत बराह डिर्पाटमेन्ट स्टोर, बराह फेमिली किचेन, बराह ट्राभल्स एण्ड टुर्स लगायत अन्य सेवाहरु सञ्चालित रहेका छन् । बराह स्पेसल डिसकाउन्ट कुपन देशै भरीका बराहको शाखामा उपलब्ध सेवाको हरेक कारोबारमा पाउन सकिनेछ । यस कुपनले हरेक बिलमा ग्राहकहरुलाई बिशेष छुट उपलब्ध गराउनेछ । भने, बराह लक्की पर्सन अफ द डे अन्तर्गत देशै भरीका बराहको शाखामा उपलब्ध रहेको सुन भन्दा बाहेकको सेवामा हरेक बिलमा एउटा स्क्राच कुपन पाउनेछन् जसलाई स्क्राच बक्सदेखि ग्राहकहरुले तात्रु पर्नेछ । उक्त स्क्राच कुपनमा १ देखि ८० प्रतिशत सम्मको छुट पाउनुको साथै स्क्राय कुपनमा फ्रि लेखिएको भए सित्तैमा सेवा लिन सकिनेछ ।

२७ बर्षदेखि नुनदेखि सुनसम्मको कारोबार गर्दै आइरहेको बराहले २०६५ सालदेखि दैनिक उपभोग्य सामानहरुको खरिद गरेबापत आफ्ना ग्राहकहरुलाई दैनिक उपभोग्य सामानको खरिदको आधारमा उपहार प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस