सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

सफल खबर संवाददाता

शुक्रबार, १९ कार्तिक २०७८, ११ : ५४
सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाडौं । युएन मिसन अन्तर्गत सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनानी सुनिल थापाको कमाण्डमा १६२ जनाको टोली शुक्रबार त्यसतर्फ प्रस्थन गरेको छ । 

कोभिड-१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड(१९ प्रोटोकलहरूको पालना गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न मिसनहरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा योगदान पुर्‍याउदै आईरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस