काठमाडौं । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा देउवाले थुप्रै देशका नेताहरुसँग साइडलाइन भेटवार्ताहरु गरे । साथै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गरेको रात्री भोजमा पनि नेताहरुसँग प्रधानमन्त्री देउवाको भेट भयो ।
उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्न देउबा नेपाली टोपी लगाएर गएका थिए । प्रधानमन्त्री देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, ‘बाइडेनसँग भेट्दा टोपी लगाएर गएको थिएँ, उनले चिनिहाले ।’ बाइडेन यसअघि नेपाल आइसकेका रहेछन् । आफूलाई नेपाल खुब मनपर्ने देश भएको बाइडेनले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ कार्तिक २०७८, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध
मोदी र बाइडेनबीच भेटवार्ता
इजरायली प्रधानमन्त्री नेतान्याहुप्रति बाइडेन असन्तुष्ट
गाजामा युद्धविरामबारे जो बाइडेनको चेतावनी
बाइडेनले किन छाडे राष्ट्रपति चुनाव ? राष्ट्रका नाममा सम्बोधन गर्दै बताए कारण
बाइडेनले छोडे राष्ट्रपतिको उम्मेदवारी, कमला ह्यारिसलाई समर्थन