थप ३५६ जनामा कोरोना संक्रमण पुष्टि, ५१८ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

विहीबार, १८ कार्तिक २०७८, १७ : २१
थप ३५६ जनामा कोरोना संक्रमण पुष्टि, ५१८ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय ८४ जनामा गरिएको नमूना परीक्षणमा  ३५६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ५१८ जना निको भएर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस