विद्युत प्राधिकरणका निर्देशक घिसिङ चितवनमा : भन्छन्, -'सकेसम्म छिटो विद्युत आपूर्ति सुचारु गराउछौँ'

सफल खबर संवाददाता

बुधबार, १७ कार्तिक २०७८, १४ : ३२
विद्युत प्राधिकरणका निर्देशक घिसिङ चितवनमा : भन्छन्, -'सकेसम्म छिटो विद्युत आपूर्ति सुचारु गराउछौँ'

चितवन ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवन आएका छन् ।  चितवनको भरतपुर क्षेत्रमा विद्युत आपूर्तिमा समस्या परेपछि आज घिसिङ चितवन आईपुगेका हुन ।

मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । तिहारमा नै उपभोक्ताले लामो समय बिजुली नपाउने अवस्था बनेपछि काम छिटो गर्न प्राविधिकलाई हौसला होस् र परेका समस्याहरु फुकाउन सहज होस् भनेर उनि चितवन आएको घिसिङको सचिवालयका एक कर्मचारीले बताए ।

उनले समस्याबारे जानकारी लिएर सकेसम्म छिटो विद्युत आपूर्तिको व्यवस्था गर्न छलफल र पहल गर्ने प्राधिकरणले बताएको छ ।

घिसिङ आएलगतै समस्या समाधानका लागि सबस्टेसनमै पुगेर छलफल थालेका छन् । तिहारको समय भएकाले विद्युत आपूर्ति घण्टौं रोकिने अवस्था आउनु दुःखद् भएपनि समाधानको लागि विज्ञ प्राविधिक टोलीले काम थालेकाले छिट्टै आपूर्ति सुरु हुने प्राधिकरणले बताएको छ।

भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा समस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिका-१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो ।


 

प्रतिक्रिया दिनुहोस