काठमाडौं । टी-२० क्रिकेट विश्वकपमा मंगलबार दुई खेल हुँदैछ । पहिलो खेलमा बंगलादेश र दक्षिण अफ्रिका भिड्नेछन् । खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । दुवै टोली सेमिफाइनल यात्रा सहज बनाउने दाउमा छन्। समूह-१ बाट इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ । त्यसैले दुवै टोलीलाई जित अनिवार्य छ ।
समूह-१ मा इंग्ल्यान्ड शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका र अष्ट्रेलिया क्रमशस् दोस्रो र तेस्रो स्थानमा छन् । यता, श्रीलंका र वेस्ट इन्डिज क्रमशस् चौथो र पाँचौंमा रहँदा बंगलादेश पुछारमा छ ।
मंगलबारको दोस्रो खेलमा समूह-२ मा रहेका पाकिस्तान र नामिवियाबीच प्रतिस्पर्धा हुनेछ । खेल अबुधावीमा राति पौने आठ बजे सुरु हुनेछ । पाकिस्तान लगातार चार खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने दाउमा हुनेछ । पाकिस्तानले अघिल्ला तीन खेलमा भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई हराएको थियो ।
नामिविया भने दोस्रो जितको खोजिमा हुनेछ । नामिवियाको दुई खेलबाट एक जितसहित २ अंक छ ।समूह-२ मा पाकिस्तान ६ अंकसहित शीर्षस्थानमा हुँदा चार अंकसहित अफगानिस्तान दोस्रो, समान दुई अंकसहित न्युजिल्यान्ड र नामिविया क्रमशः तेस्रो र चौथो स्थानमा र छन् । लगातार दुई खेलमा पराजय भोगेको भारत र स्कटल्यान्डले अंक जोड्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ कार्तिक २०७८, १२ : ३९
लेखकबाट थप