गोरखामा अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा बाबुराम बिक सर्वसम्मत चयन

सफल खबर संवाददाता

मंगलबार, १६ कार्तिक २०७८, ०९ : ०५
गोरखामा अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा बाबुराम बिक सर्वसम्मत चयन

गोरखा ।  एकिकृत अखिल नेपाल शिक्षक संगठन गोरखाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) निकट बाबुराम बि।क सर्वसम्मत चयन भएका छन् ।

गोरखामा शनिबार सम्पन्न भएको दोस्रो जिल्ला परिषद्को बैठकले बिकको अध्यक्षतमा ३९ सदस्सीय जिल्ला समन्वय समिति गठन भएको नवगठित समितिका सचिव शिवकुमार यादवले जानकारी दिए ।

परिषद्ले संगठनको बरिष्ठ उपाध्यक्षमा गोपाल मरहट्टा, उपाध्यक्षमा गणेश सेढाई, तेजबहादुर नेपाली, उत्तम बराम, महिला उपाध्यक्षमा देवकी भट्टराई, सचिवमा शिवकुमार यादव, अर्थ सचिवमा मीनबहादुर नेपाली, चयन गरेको सगठनले जनाएको छ । त्यस्तै संगठनको सहसचिवमा नेत्रलाल श्रेष्ठ, सुनिल अग्गाई र कृष्णप्रसाद न्यौपाने चयन भएका छन् ।

परिषद् बैठकको नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद हरिराज अधिकारीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले शिक्षकहरु समाजको ऐना भएकाले समाजलाई अग्रगमनको दिशामा हिँडाउन शिक्षकहरुको अहम भूमिका हुने बताए ।

उद्घाटन कार्यक्रममा नेकपा माओबादी केन्द्रका जिल्ला समन्वय समितिका इन्चार्ज कृष्ण धिताल, अध्यक्ष लेखबहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस