काठमाडौं । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बैंकहरूले नाफामा राम्रै फड्को मारेका छन्। सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २३ ले नाफा बढाउन सफल भए । बाँकी ४ ओटा बैंकको नाफा वृद्धिदर भने घटेको छ। यद्यपि गत आवमा १९ बैंकको नाफा वृद्धिदर घटेकोमा चालु आवको पहिलो त्रैमासमा भने झण्डै दुई दर्जन बैंक नाफामा छलाङ मार्न सफल भए ।
वाणिज्य बैंकहरूको आर्थिक वर्ष २०७८र७९को पहिलो त्रैमासमा नाफा वृद्धिदर औसत ३६ प्रतिशत बढेको छ। यद्यपि गत आवको सोही अवधिको तुलनामा भने कुल नाफा २४ प्रतिशतले बढेको हो। यसरी नाफा बढ्दा २७ वाणिज्य बैंकले १८ अर्ब ११ करोड ७३ लाख रुपैयाँ कमाएका छन्। गत आवको सोही अवधिमा बैंकको नाफा वृद्धिदर औसत २० दशमलव ५७ प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँले घटेको थियो।
वाणिज्य बैंकमध्ये एनआईशी एसिया, नबिल, ग्लोवल आईएमई, राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकले १ अर्ब रुपैंयाँभन्दा बढी नाफा कमाउन सफल भएका छन्। यो अवधिसम्म सबैभन्दा बढी नाफा एनआईसी एशिया बैंकले कमाएको छ। उसले असोजसम्ममा १ अर्ब १८ करोड रुपैयाँ हाराहारीमा नाफा गर्न सफल भएको हो।
गत वर्षको तुलनामा १६ प्रतिशतले बैंकको नाफा वृद्धि भएको छ। गत वर्षको सोही अवधिमा १ अर्ब २ करोड १० लाख रुपैंयाँ हाराहारीमा नाफा कमाएको थियो। कर्जा प्रवाह र निक्षेप संकलनमा आक्रामक भएर लागे अनुसार नाफा गर्न सफल भएको बैंकका नायव प्रमुख सुचना अधिकारी अर्जुनराज खनियाँले बताए। ठूला ऋणीभन्दा साना ऋणी बढि भएको र समयमै ब्याज तथा किस्ता तिरेकाले अहिले यत्तिको नाफा कमाउन सफल भएको उनको भनाइ छ। ‘बैंक व्यवसायको आकार बढेको छ। अन्नपूर्ण दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १६ कार्तिक २०७८, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?
सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा आन्दोलन
११ वटा बैंकले गरे ब्याजदर समायोजन
विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई धम्की
सावधान ! बैंकको कर्मचारी भन्दै फोन आउला