जुवातास खेलेको आरोपमा २९ जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, १५ कार्तिक २०७८, १४ : ३९
जुवातास खेलेको आरोपमा २९ जना पक्राउ

सांकेतिक तस्वीर

लुम्बिनी । लुम्बिनी प्रदेशका छुटाछुट्टै ठाउँबाट जुवा खेलेको आरोपमा २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ र बर्दिया जिल्लाबाट २९ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घोराही उपमहानगरपालिका–१४ रझेना बस्ने २५ वर्षीय यज्ञ खड्काको घरमाकौडा खेलिरहेको अवस्थामा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै बर्दियाको गुलरिया नगरपालिकामा ९ जनालाइ पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–१४ रझेना बस्ने २५ वर्षीय यज्ञ खड्काको घरबाट जुवा खेल्दै गरेका  रोल्पा  जिल्लाको रून्टीगढी गाउँपालिका बस्ने ४३ वर्षीय रूपलाल बिकलगायत २० जनालाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट ४ लाख ६४ हजार ८ सय ८१ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको  छ । यस्तै  गुलरिया नगरपालिका–७ गुलरियागाउँ बस्ने रमेश यादवको घरमा तास अवस्था  ९ जनालाई पक्राउ गरेको छ ।जुवा खेलिरहेको अवस्थामा स्थानीय ४३ वर्षीय रमेश यादव लगायत ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट  नगद १ लाख ९८ हजार ५ सय ५ रुपैयाँ र  तास बरामद भएको छ । यस सम्बन्धमा थप कानुनी प्रकृया शुरु भएको  प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस