सैनिक अदालतमा पठाएको मुद्दा पुनः चितवन जिल्ला अदालतमा फिर्ता

सफल खबर संवाददाता

आइतबार, १४ कार्तिक २०७८, १७ : ५८
सैनिक अदालतमा पठाएको मुद्दा पुनः चितवन जिल्ला अदालतमा फिर्ता

काठमाडौं । जिल्ला अदालत चितवन र उच्च अदालत पाटनको हेटौंडा इजलासले सैनिक अदालतको क्षेत्राधिकार हुने भनी पठाएको मुद्दा फेरि जिल्ला अदालतमै फर्किने भएको छ ।

सर्वोच्च अदालतले नेपाली सेनाका एक कर्मचारीमाथि लागेको कर्तव्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाइ नियमित अदालतमा नै हुने गरी आइतबार अन्तरिम आदेश जारी गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयले चितवन जिल्ला अदालतसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले उक्त मुद्दा चितवन जिल्ला अदालतमै फर्काउने अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस