नेपालविरुद्ध लेबनानकाे अग्रता

सफल खबर संवाददाता

आइतबार, १४ कार्तिक २०७८, १७ : ४५
नेपालविरुद्ध लेबनानकाे अग्रता

काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट खेलमा लेबनानले नेपालविरुद्ध सुरुवाती अग्रता बनाएको छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफको २६ मिनेटमा लेबनानले अग्रता बनाएको हो । 

लेबनानसँगको खेलमा नेपाली टोलीको कप्तानी नियमित गोलरक्षक अर्पण कार्कीले गरिरहेका छन् । नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाईं मात्र हुनेछ । दुबै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

लेबनानविरुद्ध मैदान उत्रँदा नेपाल सान्त्वाना जितको खोजीमा हुनेछ । नेपाल जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ । लेबनान पनि नेपाललाई हराउँदै छनोटको सुखद् अन्त्य गर्न चाहन्छ ।

छनोटको समूह ’बी’ मा इराक र ताजकिस्तान बिजेताको दौडमा छन् । इरान र ताजकिस्तानको समान  दुई खेलबाट छ अंक रहेको छ । नेपाल र लेबनान भने अंक बिहीन छन् । समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् ।

नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोल अन्तरले स्तब्ध भएको थियो । 

नेपालको सुरुवाती -११

गोलरक्षक– अर्पण कार्की (कप्तान)

डिफेण्डर– सुमन अर्याल, सुरज जिउ ठकुरी, राजन गुरुङ, सेसेहाङ आङ्देम्बे 

मिडफिल्डर– नितिन थापा, दर्शन गुरुङ, एरिक बिष्ट

स्ट्राइकर– आयुष घलान, मनिष डांगी, अभिषेक रिजाल 
 

प्रतिक्रिया दिनुहोस