काठमाडौं । वकिलहरूको साझा छाता संगठन नेपाल बार एसोसिएसनले आफ्ना सदस्यहरूलाई बहसमा फर्कन आग्रह गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर बहस बहिष्कार गर्ने निर्णय गरेको बारको शुक्रबार बसेको बैठकले आइतबारदेखि वकिलहरूलाई बहसमा फर्कन आग्रह गरेको हो ।
तर, प्रधानन्यायाधीश जबराको इजलास भने बहिष्कार गर्ने निर्णय गरिएको बारका केन्द्रीय सदस्य बालकृष्ण गैरले जनतापाटीलाई जानकारी दिए । उनका अनुुसार भद्र अवज्ञा गर्दै बहसमा सहभागी हुने बारले निर्णय गरेको छ । अधिवक्ताहरूलाई कालो पट्टी बाँधेर बहसमा सहभागी हुन बारले आग्रह गरेको छ ।
कार्यपालिकासँग मिलेर भागबण्डा मागेको प्रधानन्यायाधीश जबरामाथि आरोप लगाउँदै सर्वोच्च अदालतकै १९ जना न्यायाधीशले नै इजलास अघोषित बहिष्कार गर्दै आएका छन् । उनीहरूको आन्दोलनप्रति बारले पनि ऐक्यबद्धता जनाउँदै सर्वोच्चमा बहस बहिस्कार गरेको थियो ।
तर, शुक्रबार बसेको बारको बैठकले भद्र अवज्ञाको नीति लिँदै कालो पट्टी बाँधेर आइतबारबाट बहसमा सहभागी हुने, तर प्रधानन्यायाधीश जबराको इजलास भने बहिष्कार गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ कार्तिक २०७८, १६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ दसैँपछि
नेपाल बारले घोषणा गर्यो आन्दोलनका कार्यक्रम
सिरोहियालाई पक्राउ गरिएकोमा नेपाल बारले जनायो आपत्ति