बलात्कारी ‘धर्मगुरु’ आसारामलाई आजीवन जेल सजाय

बुधबार, १२ बैशाख २०७५, १८ : ४४
बलात्कारी ‘धर्मगुरु’ आसारामलाई आजीवन जेल सजाय

नाबालिग बलात्कार मामलामा भारतको जोधपुर अदालतले धर्मगुरु आसाराम बापूलाई दोषी ठहर गर्दै आजीवन जेल सजाय सुनाएको छ । आसारामका अलावा यस घटनाका अभियुक्त रहेका शिल्पी र शरतचंद्रलाई २०/२० बर्षको सजाय सुनाएको छ । शरतचंद्र आश्रमका डाइरेक्टर र शिल्पी आश्रमकी वार्डन थिईन् ।

७७ वर्षका आसाराममाथि २०१३ मा आफ्नो आश्रममा १६ वर्षकी किशोरीको बलात्कार गरेको आरोप थियो । ती किशोरीका आमाबुबा भने आसारामका भक्त थिए ।

एक दिन जब किशोरी स्कुलमा लडिन् तब उनका बाबुआमाले उपचारका लागि उनलाई आसारामको आश्रममा लिएर गए । प्रहरीका अनुसार त्यहीँ आश्रममा आसारामले किशोरीलाई बलात्कार गरेका थिए ।

१५ अगष्ट २०१३ मा आसारामको दुव्र्यवहारपछि किशोरीले पाँच दिनपछि दिल्लीको एउटा प्रहरी चौकीमा उजुरी दिएकी थिईन् । त्यसपछि उक्त मामलालाई जोधपुरमा शिफ्ट गरेर एफआईआर दर्ता गराइएको थियो । त्यसको केही समयपछि आशाराम इन्दौरबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस