काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्ट्राचारबिरुद्धको पहिलो चरणका आन्दोलन आजबाट गर्ने भएको छ । आइतबार एक सुचना जारी गर्दैं उसले सोमबार (आज) बाट पहिलो चरणको आन्दोलन गर्ने जनाएको थियो ।
पार्टीको केन्द्रीय कार्यकारीणी समितिका बैठकले भ्रष्ट्राचारबिरुद्धको आन्दोलनका कार्यक्रमहरु तय गरेको बताइएको छ । कार्यक्रमहरु अन्तर्गत सोमबार (आज) जिल्ला सदरमुकामहरुमा सिटी जुलुस निकाल्ने भएको छ ।
त्यस्तै भोली अर्थात कात्तिक ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस निकाल्ने, १० गते वडातहमा कोणसभा र मसाल जुलुस गर्ने, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरुमा मसाल जुलुस निकाल्ने जनमत पार्टीले जनाएको छ ।
पार्टीले आन्दोलनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषालाई बोधार्थ गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ कार्तिक २०७८, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यको षड्यन्त्रमा रविलाई पक्राउ गरियो : सिके राउत
विश्वमै गणतन्त्र लोकप्रिय र उत्कृष्ट व्यवस्था सावित : डा राउत
आफ्नो पार्टी सरकारमा छ भन्दैमा रातलाई दिन भन्न सक्दिनँ : सिके राउत