काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतको लागि प्रस्ताव पेश गर्ने भएका छन्।
प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको प्रदेशसभा बैठकमा विश्वासको मतको लागि प्रस्ताव पेश गर्ने र मत विभाजन आइतबारको बैठकमा गर्ने निर्णय गरेको हो ।
यसअघि प्रदेश १ नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरेको थियो । मुख्यमन्त्री आचार्यले गत २४ असोजमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ कार्तिक २०७८, १५ : १७
लेखकबाट थप