‘जनहितमा सरकार निर्वाध अघि बढेको छ’

रासस

बुधबार, ०३ कार्तिक २०७८, १८ : ३२
‘जनहितमा सरकार निर्वाध अघि बढेको छ’

काठमाडौं । नेकपा(माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले अवलम्बन गरेको शासन प्रणालीको रक्षा, सुुशासन, भ्रष्टाचार न्यूनीकरण र शान्ति सुुव्यवस्था कायम गर्ने विन्दुबाट सरकारका १०० दिन मूूलभूूत रूपमा सफल भएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको १०० दिनका अवसरमा रासससगँको कुराकानीमा उहाँले सरकारका उपलब्धीको समीक्षा गर्नुुअघि यसको गठनको पृष्ठभूमि स्मरण र विश्लेषण गर्न आवश्यक रहेको प्रतिक्रिया दिए ।

प्रमुख सचेतक गुुरुङले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर सङ्कट पैदा भएपछि यो सरकार गठन भएको हो, अहिलेको प्रणालीमा कमी कमजोरी भए पनि यसको रक्षा गर्नुुको विकल्प छैन । प्रणालीमाथि आएको खड्गोलाई एक हदसम्म पन्छाएर ‘स्मुुथली’ कार्यान्वयन गर्ने प्रक्रियामा सरकार गइरहेको छ ।”

संसद्लाई आवश्यक ‘बिजनेश’ दिने र पारित गर्ने प्रक्रियामा व्यवस्थापिकालाई चुुस्त एवं दुुरुस्त तुुल्याउन सत्ता र प्रतिपक्षको सहमति आवश्यक पर्नेमा प्रतिपक्षको अवरोध कायमै रहेको बताउँदै उनले भने, “प्रतिपक्षले अमूूर्त र अदालतमा विचाराधीन एजेण्डा उठाएर सदन अवरुद्ध गरिहेको छ, सदन नचल्दा कानूून निर्माण प्रभावित हुन गई संविधान नै निष्क्रिय हुन पुुग्छ । यो विषय प्रतिपक्षसँग सम्बन्धित छ ।”

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले वर्तमान सरकारको १०० दिनको अवस्था धेरै चर्चा गर्ने खालको नभएको टिप्पणी गर्नुुभयो । उनले भने, “यो सरकार  जसरी गठन भयो, त्यसरी नै १०० दिनको समय व्यतित भइरहेको छ । यस अवधिमा संसद्ले सिन्को भाँचेन, सरकारले बिजनेश नै दिन सकेन ।” उनले अध्यादेश ल्याएर प्रमुख प्रतिपक्षलाई विभाजन गर्नेदेखि  ‘बजेट होली डे’सम्मका काम यसबीचमा सरकारले गरेको आरोप लगाउए ।

वर्तमान सरकारले मुुलुकमा महत्वपूूर्ण योजनामा अर्बांै रकम विदेशी लगानी गर्दा आयस्रोत खुलाउन नपर्ने निर्णय गरेको बताउँदै उहाँले भन्नुुभयो, “यो बीचमा सरकारले गौरव गर्न र देखाउन लायक काम पनि गरेको छैन ।” 

प्रतिक्रिया दिनुहोस