काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर इलाममा १३ जनाको मृत्यु भएको छ ।
बाढी र पहिरोका कारण देउमाई नगरपालिका, फाकथोकथुङ गाउँपालिका, सुर्यदय नगरपालिका र मान्सेवुङ गाउँपालिककाका १३ जनाले ज्यान गुमाएको इलामका एसपी महेन्द्र श्रेष्ठले बताए ।
फाकथोक थुङ गापा–१ बस्ने ३० वर्षीया बिना शेर्मा लावती, १४ वर्षीय आइतबहादुर राई, वडा नम्बर–३ बस्ने ७५ वर्षीय रनजटा कटुवाल, १५ वर्षका निशान कटुवाल, १२ वर्षका निश्चय कटुवाल र नयनसिंह कटुवालको मृत्यु भएको छ ।
सुर्यदय नपा–३ नेलबोटे बस्ने ४९ वर्षीय नारायाणदेवी मोते, वडा नम्बर–३ बस्ने ३८ वर्षीय विष्णुमाया तामाङ र १६ वर्षीय विशाल तामाङको मृत्यु भएको छ । देउमाई नगरपालिका–२ मा खोलाले बगाउँदा वर्ष ४५ की सरिता आचार्यको मृत्यु भएको एसपी श्रेष्ठले बताए ।
पहिरोमा पुरिएर मान्सेवुङ गाउँपालिका–६ बस्ने २५ वर्षीया कविता राई र हरि प्रसाद राईको मृत्यु भएको छ । माई नगरपालिका–३ घर भएका तेजमान राईको रुखको हाँगाले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना महिला र ७ जना पुरुष छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ कार्तिक २०७८, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलाममा धान उत्पादन घट्यो
इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो
इलामको फाकफोकथुममा ६ वटा सिँचाइ आयोजना निर्माण
इलाममा एमाले उम्मेदवार नेम्बाङ ४६८३ मतले अगाडि
आफ्नो जित सुनिश्चित भएपछि जँड्याहाले नानाथरि आरोप लगाए : मिलन लिम्बु
इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव