बर्षाका कारण घर भत्किदा एक किशोरीको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, १२ : ३८
बर्षाका कारण घर भत्किदा एक किशोरीको मृत्यु

फाइल फोटो

सुर्खेत । सुर्खेतमा दुई दिनदेखि लगातारको वर्षाका कारण घर भत्किदा एक किशोरीको मृत्यु भएको छ ।

जिल्लाको कालिकोट महावै गाउँपालिका –७ राम्निस्थित विष्णलाल अधिकारीको घर भत्किँदा घरमा सुतिरहेकी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको हो ।

घर भत्किदा १५ वर्षीया ईनिशा अधिकारी घाइते भएकी छन् । वर्षापछि राम्नि गाउँका १५ घर उच्च जोखिम छन ।

प्रतिक्रिया दिनुहोस