पपुवा न्युगिनीले स्कटल्याण्डको सामना गर्दै

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, १२ : १५
पपुवा न्युगिनीले स्कटल्याण्डको सामना गर्दै

काठमाडौं । विश्वकप टि–ट्वेन्टी क्रिकेटको क्वालिफायर राउण्डमा आज पनि दुई खेल हुँदैछन । आजको पहिलो खेलमा पपुवा न्युगिनीले स्कटल्याण्डको सामना गर्नेछ ।

पहिलो खेलमा बंगलादेशलाई हराएको स्कटल्याण्ड आज पनि विजयी हुँदै विश्वकपको मुख्य स्पर्धामा छनौट हुने लक्ष्यमा छ । आजको दोस्रो खेलमा ओमानले बंगलादेशको सामना गर्नेछ ।

पहिलो खलमा पपुवा न्युगीनीलाई हराएको ओमान आज दोस्रो जितको खोजीमा छ । तर बंगलादेश विरुद्धको खेल ओमानको लागि सहज भने पक्कै हुनेछैन । यसअघि हिजोका खेलहरुमा आयरल्याण्ड र श्रीलंका विजयी भएका थिए ।

श्रीलंकाले नामिबियालाई ७ विकेटले हराउँदा आयरल्याण्डले नेदरल्याण्ड्समाथि ७ विकेटकै जित निकाल्यो ।

प्रतिक्रिया दिनुहोस