बुटवलमा खोप भण्डार केन्द्र सञ्चालन

मंगलबार, ११ बैशाख २०७५, १४ : ३०
बुटवलमा खोप भण्डार केन्द्र सञ्चालन

बुटवल । बुटवल उपमहानगरपालिकाले खोप भण्डारण केन्द्र सञ्चालन गरेको छ । उक्तभण्डारबाट उपमहानगरपालिकामा रहेका नगर स्वास्थ केन्द्रमा ती खोप वितरण गरिने छ ।
स्थानीय सिद्धार्थ बाल तथा महिला अस्पताल ९आम्दा० मा स्थापना गरिएको सो खोप केन्द्र शुभारम्भ गर्दै नगर प्रमुख शिवरा सुवेदीले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा हेलचेक्र्याइँ नगर्न आग्रह गर्नुभयो । उहाँले यस केन्द्रको स्थापनाले नगरलाई स्वास्थ्यको क्षेत्रमा थप आत्मनिर्भर बनाएको पनि बताउनुभयो ।

उक्त अस्पतालका निर्देशक डा विनोद पराजुलीले सिङ्गो उपमहानगर क्षेत्रका लागि भण्डारण केन्द्र आम्दामै स्थापना गर्न पाउनु आफ्नो संस्थाका लागिसमेत गर्वको कुरा भएको उल्लेख गर्दै आवश्यक सहयोग र सहकार्यका लागि आफूहरु तयार रहेको बताउनुभयो ।

उक्त केन्द्रमा बुटवल उपमहानगरपालिका मातहतका स्वास्थ्यकर्मी खटिने र उनीहरुले त्यहीबाट निःशुल्क औषधिका बारेमा पनि पैरवी र सहयोगका काम गर्नुका साथै सेवा प्रवाहका बारेमा नगर प्रमुख र स्वास्थ्य शाखा हेर्ने नगरका अधिकारीलाई नियमित जानकारी गराउनेछन् । यो केन्द्रबाट उपमहानगरपालिका क्षेत्रमा रहेका स्वास्थ्य संस्था एवं खोप केन्द्रहरुलाई आवश्यक खोप वितरण गरिनेछ ।
केन्द्रमा हाल दुई वटा खोप राख्ने फ्रिज जडान गरिएको छ भने अर्को नयाँ फ्रिज ल्याउने तयारी भइरहेको छ । यसअघि खोप लिन भैरहवा जानुपर्ने थियो । -रासस

प्रतिक्रिया दिनुहोस