काठमाडौँ । दिलीप थापा डान्स सेण्टर र रवीनदास हेयर ब्युटी एकेडेमी हाउडा, कोलकाताले बाह्रौँ प्रतिभा प्रदर्शन प्रतियोगिता २०१८ आयोजना गरेका छन् ।
सेन्टर नेपाली मूलका दिलीप थापाले पन्ध्र वर्षअघिदेखि सञ्चालन गर्नुभएको हो । प्रतियोगितामा ८० नेपाली र भारतीय शिक्षार्थीले गणेश वन्दना, नेपाली, बङ्गाली र डान्डिया (गुजराती), हिपहप र ताण्डव नृत्य तथा वन्दे मातरम् प्रस्तुत गरेका थिए । शिक्षार्थीका नेपाली आमाहरुसमेतले राजस्थानी घुमर, पल्लो लटक र हिपहप नृत्य प्रदर्शन गरेका थिए । सो अवसरमा सेण्टरले आठ जना असहायलाई ह्विलचियर पनि वितरण गरेको थियो ।
कार्यक्रममा कोलकाताका लागि नेपाली वाणिज्यदूत एकनारायण अर्यालले शुभकामना सन्देश पठाउँदै सेन्टरले नेपाली संस्कृतिलाई भारतमा प्रचारप्रसार गरेकामा प्रशंसा गर्नुभएको थियो । भारत, पश्चिम बङ्गालका कोअपरेशनमन्त्री अरुप राय र हाउडा म्युनिसिप्यालिटीका काउन्सिलर मल्लिका राय चौधरीले कोलकातामा नेपाली र भारतीय संस्कृतिको सङ्गम भइरहेकामा सन्तोष व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन कं लिका ब्राञ्च मेनेजर लक्ष्मण खड्का, नेपाली जनकल्याण समिति कोलकाताका अध्यक्ष बद्रीविक्रम थापा र नेपालका उद्यमी दिनेशकुमार सिंजापतिलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस