काठमाडौँ । रुपन्देहीको मोतीपुरमा सुकुम्बासीमाथि भएको गोली प्रहारबारे राष्ट्रिय सभामा सवाल उठेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालले सुकुम्बासी मारिएको उक्त घटनामा सरकारको जवाफ माग गरेको हो ।
सोमबार बसेको राष्ट्रियसभा बैठकको शुरुमै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका सांसद खिमलाल भट्टराईले उक्त सवाल उठाएका हुन् । उनले गृहमन्त्री बालकृष्ण खाँड आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा पनि मुकदर्शक बनेको आरोप लगाए । साथै उक्त घटनाको निष्पक्ष छानबिन गराउन समेत उनले माग गरे ।
हिजो आइतबार रुपन्देहीको मोतीपुरमा भएको झडपमा सुकुम्बासीमाथि प्रहरीले गोली प्रहार गरेको थियो सो क्रममा ४ जना सुकम्बासीको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भए ।
घटनाबारे प्रश्न उठाउँदै सांसद भट्टराईले भने, ‘आज अरुका लागि दशैं आएको छ तर ती सुकुम्बासीहरुका लागि दशा । सोही जिल्लाका मान्छे आज गृहमन्त्री हुनुहुन्छ, उहाँले के सोचिरहनुभएको होला ? कुन नैतिकताका आधारमा उहाँ कुर्सीमा बसिरहनुभएको छ ?’ घटनाबारे सरकारले कुनै जवाफ नदिएकोमा आफूहरुलाई उदेक लागेको समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असोज २०७८, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विरोधका बीच राष्ट्रिय सभा बैठक चलाउने तयारी
सुशासन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
निर्धारित समयमा सुरु भएन राष्ट्रिय सभा बैठक
राष्ट्रिय सभा बैठक : मध्यपहाडी राजमार्गको काम चाँडो सम्पन्न गर्न सांसदको माग
राष्ट्रिय सभा बैठक: ‘फास्ट ट्रयाक’मा पुल निर्माण गर्न सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभा बैठक : बाढी पहिरोको प्रकोपबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण