प्रदेश १ को खेलकुद विकास बोर्डको सदस्य सचिवमा पर्शुराम बस्नेत

सफल खबर संवाददाता

सोमबार, २५ असोज २०७८, ०८ : ५७
प्रदेश १ को खेलकुद विकास बोर्डको सदस्य सचिवमा पर्शुराम बस्नेत

विराटनगर । प्रदेश नम्बर १ सरकारले त्यहाँको खेलकुद विकास बोर्डको सदस्य सचिवमा पर्शुराम बस्नेतलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न राजनीतिक नियुक्त गर्दै बस्नेतलाई खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त गरेको हो।

उनलाई यसअघिको शेरधन राईको सरकारले नै नियुक्त गर्न खोजेको थियो। तर, तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरेले अडान लिएका कारण बस्नेतको नियुक्ति हुन सकेको थिएन।

बस्नेत आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। उनी खेलकुदको गतिविधिमा असंलग्न व्यक्ति भए पनि प्रदेश सरकारले बोर्डको सदस्य सचिव नै बनाएको हो । 

आपराधिक गतिविधिबाट अकुत आर्जन गरेको आरोप पुष्टि हुन नसकेको भन्दै सर्वोच्च अदालतले उनलाई हालसालै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सफाइ दिएको थियो। उनी हाल नेकपा एमालेको प्रदेश कमिटी सदस्य छन्। बस्नेत एमाले अध्यक्ष केपी ओलीसँग निकट सम्बन्ध राख्छन्।
 

प्रतिक्रिया दिनुहोस