बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशन राप्रपाको निमित्त पुनर्जागरण भएको बताउदै महाधिवेशन लगत्तै पार्टी आन्दोलनमा होमिने बताएका छन् । पुर्बान्चल क्षेत्रको भ्रमणका क्रममा आज बिर्तामोड पुपेका थापाले नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको असफलता, अदुरदर्शिता र अकर्मण्यताको कारण मुलुक संकटग्रस्त भएको बताउदै भ्रस्टाचारले देशलाई थला पारेको बताए।
धर्मपरिबर्तन,बेरोजगारी समस्या समाधान नगरे मुकुक थप बर्बादीतर्फ धकेलिने थापाको टिप्पणी थियो । केन्द्रमा पार्टी एकता पछि तल्लो तहसम्म एकताको सन्देश पुर्याउन नसकिएको भन्दै थापाले अब नयाँ उत्साह र उर्जा दिनको निमित्त सक्रियता र गतिशीलता जरुरी भएको बिचार ब्यक्त गरे । पार्टी संचालनका क्रममा केही त्रुटि र कमजोरी भएको स्विकार्दै थापाले आगामी दिनमा बिगतका कमजोरी नदोहोर्याउने प्रतिबद्धता ब्यक्त गरे ।
मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपालाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने आफ्नो योजनालाई सबैको साथ सहयोग लिएर पूरा गराई छाड्ने दृढता समेत थापाले ब्यक्त गरे । निष्ठा , सिद्धान्त र आदर्शको राजनीति अहिलेको आबश्यकता भएको चर्चा गर्दै थापाले राष्ट्रिय स्वाधिनताको निमित्त राष्ट्रबादी देशभक्त शक्तिहरु एक ठाउँमा उभिनु पर्ने आबश्यकता समेत औल्याए ।
सो अबसरमा पार्टीका नेताहरु राजेन्द्र लिङ्देन, राम थापा लगायतको उपस्थिति रहेको थियो भने जिल्ला अध्यक्ष केशब ओझाले जिल्लाको सांगठानिक अबस्था बारे जानकारी गराएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असोज २०७८, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाले पुष २७ गते दरबारदेखि सिंहदरबारसम्म राष्ट्रिय एकता ऱ्याली गर्ने
उपनिर्वाचनको नतिजाबारे अध्ययन गर्न राप्रपाले बनायो समिति
राप्रपा केन्द्रीय कार्यसम्पादन बैठक आज पनि बस्दै
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
सुदुरपश्चिम यात्रामा राजेन्द्र लिङ्देन
एसिया प्यासिफिक डेमोक्रयाट युनियनमा राप्रपा निर्वाचित