एजेन्सी । इटालीको मिलानमा एक निजी विमान भवनमा ठोक्किएर भएको दुर्घटनामा ८ जनाको ज्यान गएको छ । इटालीको उत्तरी शहर मिलानमा रहेको खाली कार्यालय भवनमा विमान ठोक्किएको हो ।
दुर्घटनामा विमानमा रहेका सबै ८ जनाको ज्यान गएको इटालीका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्याण्डका लागि उडान भरेको विमान दुर्घटनामा परेको हो । विमानका पाइलट रोमानियाका अर्बपति ६८ वर्षका ड्यान पिट्रेस्कु थिए ।
दुर्घटनामा उनीसहित उनर्की श्रीमती र छोराको पनि ज्यान गएको इटालियन सञ्चारमाध्यमले उल्लेख गरेका छन् । विमान ठोक्किएपछि भवन तथा तल रहेका कारमा आगलागी भएको थियो । जमिनमा रहेका कोही पनि घाइते भएका छैनन् । दुर्घटनाको कारणबारे थाहा पाउन अनुसन्धान सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १८ असोज २०७८, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इटालीको तटमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता