काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसँग गएका नेता तथा कार्यकर्तालाई फर्काउन पहल थाल्न आह्वान गरेका छन् ।
तीन दिनदेखि जारी पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले अलमलमा र झुक्याएर लगिएका नेता तथा कार्यकर्तालाई फर्काउन आह्वान गरेका हुन् ।
यसका लागि केन्द्रबाट पनि प्रयास हुने र तल्लो तहबाट पनि प्रयास थाल्न ओलीले आग्रह गरेका हुन् । ‘भ्रममा परेकालाई हामी पनि फर्काउने प्रयास गर्छौं, तलबाट तपाइँहरू पनि प्रयास गर्नुहोला’, अध्यक्ष ओलीले भने । यस्तै उनले अहिले तत्कालका लागि एमालेलाई ५१ प्रतिशत जनता चाहिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असोज २०७८, १७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
चैत २० मा ओली थाइल्याण्ड जाने, मोदीसँग भेट्न प्रयास
देउवा, ओली र प्रचण्डबिच छलफलको तयारी
राजनीतिमा सक्रियता बढाउँदै पूर्वराष्ट्रपति भण्डारी, छेक्ने दाउमा ओली
नेपाली राजदूत ओलीले बुझाए चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाण पत्र
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव