अमेरिका । अमेरिकामा गर्भपतन सम्बन्धी कानून खुकुलो बनाउनुपर्ने माग गर्दै दशौं हजार महिलाले प्रदर्शन गरेका छन् । शनिबार अमेरिकामा झन्डै ६ सय ६० स्थानमा प्रदर्शन भए । वासिङटन डिसीस्थित सर्वोच्च अदालत अगाडि पनि प्रदर्शन गरिएको थियो । टेक्सास राज्यले नयाँ कानून ल्याएपछि गर्भपतन सम्बन्धी मुद्दा अमेरिकामा चर्किएको छ । टेक्सासको कानुनअनुसार ६ हप्तापछि गर्भपतन गर्न पाइँदैन ।
गत महिनाबाट लागु भएको यो मापदण्ड देशकै सबैभन्दा कडा हो । वासिङटन डिसी अगाडि उभिएका प्रदर्शनकारीहरूले ‘मेरो शरीर, मेरो रोजाई’, ‘गर्भपतन व्यक्तिगत रोजाई हो, कानूनी बहस होइन’ लगायत नारा घन्काइरहेका थिए । केही प्रदर्शनकारीहरुको टिसर्टमा १९७३ लेखिएको थियो । सन् १९७३ मा रोय डी वाडेले महिलाहरुले वैध रुपमा गर्भपतन गर्न पाउने निर्णय गरेका थिए ।
‘तपाई कहाँ बस्नुहुन्छ भन्ने अर्थ रहेन । तपाई कहाँ हुनुहुन्छ भन्ने अर्थ रहेन । यो क्षण अध्यारो छ,’ वासिङटन डिसीमा आयोजित -यालीलाई सम्बोधन गर्दै प्लान्ड प्यारेन्टहुडका अध्यक्ष एलेक्सिज म्याक्गिल जोन्सनले भनिन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १७ असोज २०७८, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगायो
अमेरिकाकी संसदमा जन्मजात नागरिकतामाथि रोक लगाउने विधेयक पेस
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध
अमेरिकामा हिमआँधीका कारण पाँच जनाको मृत्यु
अमेरिकामा भीषण हिमआँधीपछि आपत्काल घोषणा