काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको मंगलबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि घटेको जानकारी दिएको हो ।
सोमबार तोलामा ८९ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घट्दै आएको छ । मंगलबार तोलामा ३००, बुधबार १०० र आज विहीबार २०० ले घटेको हो ।
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रुपैयाँ तोकिएको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० र तेजाबी सुनको मूल्य ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । महासंघले हिजो तोलामा ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला ११ सय २० रुपैयाँमा आइपुगेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो
साताभर सुनको मूल्यमा उतारचढाव, तोलामा २८ सय रुपैयाँ बढ्यो
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?