अख्तियारको छापापछि मुख्यमन्त्री राउतले भने–संघीयता समाप्त पार्ने षडयन्त्र

सफल खबर संवाददाता

बुधबार, १३ असोज २०७८, १९ : २०
अख्तियारको छापापछि मुख्यमन्त्री राउतले भने–संघीयता समाप्त पार्ने षडयन्त्र

जनकपुर । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीयता समाप्त पार्ने षडयन्त्रमा लागेर प्रदेश सरकारलाई बद्नाम गराउन अख्तियारले छापा मारेको आरोप लगाएका छन्।

प्रदेश सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’, मुख्यमन्त्री स्वच्छता अभियान, बेटी बिमा अभियान लगायतमा व्यापक अनियमितता भइरहेको गुनासोपछि अख्तियारको टोलीले बुधबार छापामारी गरेको थियो । सो विषयमा मुख्यमन्त्री राउतले भने, ‘संघीयता र सुशासनको लागि प्रतिबद्ध छु, तर अख्तियारको छापामारी शैलीले सरकारलाई बद्नाम गर्ने षडयन्त्रको पर्दाफास भएको छ।’

‘अख्तियारको टोली छापामार शैलीमा आउँछ। प्रदेश सरकारको सर्वोच्च निकाय मुख्यमन्त्रीको कार्यालय आफैँ सुशासन कायम गर्न प्रतिबद्ध छ। संस्थाको गरिमा कायम गर्न प्रतिबद्ध रहेको बेलामा यो छापामार शैलीको तरिका ठिक होइन’, मुख्यमन्त्री राउतले भने। उनले अख्तियारका प्रमुख प्रेम राईसँग भेटेर छापामारी शैलीमा गरेको छानविनको तरिका गलत भएको बताएको गरेको पत्रकार सम्मेलनमा जानकारी गराए। उनले भने,

‘अख्तियारको प्रस्तुति षडयन्त्रमुलक र संस्थालाई बदनाम गराउने किसिमको छ। कुनै पनि किसिमले स्वीकार गर्न नसकिने अवस्थाको छ। प्रदेशलाई बदनाम गराउने, मुख्यमन्त्रीलाई बदनाम गराउने किसिमले राम्रो कामलाई पनी नराम्रो देखाउने अभिप्रायका साथ भ्रम सृजना गर्ने किसिमले उत्पन्न गराइएको परिस्थिति हो।’

 

प्रतिक्रिया दिनुहोस