म पनि सभापतिमा लड्छु : केसी

सफल खबर संवाददाता

मंगलबार, १२ असोज २०७८, १७ : ३८
म पनि सभापतिमा लड्छु : केसी

चितवन । नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले १४ औँ महाधिवेसनमा सभापतिको उम्मेदवारमा आफूलाई पनि उभ्याएका छन् । 

नेपाल प्रेस युनियन चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता केसीले सहमति भएन भने म पनि सभापतिको उम्मेदवारमा लड्ने बताए ।

उनले भने, ‘प्रत्येक व्यक्ति महत्वकांक्षा लिएर बस्ने हो भने कसैको पछि लाग्ने कुरा हुँदैन, म पनि सभापतिको उम्मेदवार हन्छु ।’ उनले नेता होइन, नीति प्रधान बनाउन जोड दिए ।  

प्रतिक्रिया दिनुहोस