काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले विधान महाधिवेशनमा प्रस्तुत हुने तीनवटा प्रतिवेदन पारित गरेको छ ।आइतबार तुलसीलालस्मृति प्रतिष्ठानमा सम्पन्न बैठकले अध्यक्ष केपी ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धी प्रस्ताव सुझावसहित पारित गरेको एमाले प्रचार–प्रसार बिभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
उनले अब पार्टीको सम्पूर्ण ध्यान बिधान महाधिवेशनमा केन्द्रीय हुने र महाधिवेशमा प्रवासका समेत गरी करिव ५ हजारले भाग लिने बताए । विधान महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै पदाधिकारी तथा सदस्यदेखि प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले भाग लिने उनले बताए ।
त्यस्तै बैठकले आयस्रोत नखुलाई लगानी गर्न पाइने बजेटको व्यवस्थाप्रति आपत्ति जनाएको छ । बजेटमार्फत गरिएको उक्त प्रबन्धले नेपाल कुनै पनि बेला कालोसूचीमा पर्नसक्ने भएकाले तत्काल फिर्ता लिन माग गरिएको भट्टराईले बताए ।
त्यस्तै बैठकपछि एमालेका उपमहासचिव घनश्याम भुसालले बैठकमा आफुले फरक मत राखेको जानकारी दिए । उनले समाजवादमा जाने आधार र जनताको बहुदलीय जनवादको आधिकारिक परिभाषा हुनुपर्ने बताए ।
त्यसअघि बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन बाहेकका विषयमा पार्टी अलमलिन नहुने बताए । उनले पार्टी सरकारबाट हट्दैमा आत्तिनुनपर्ने भन्दै चुनावमा के भनेर भोट माग्ने भन्ने अवस्था नरहेको उल्लेख गरे ।
त्यस्तै उनले आफ्नो नेतृत्वको सरकारले जनता र देशको पक्षमा काम गरेको दाबी गरे । उनले प्रतिवेदनमाथि आएका सवै सुझावलाई सकारात्मक रुपमा लिएको बताए । एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असोज २०७८, १८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले सचिवालय बैठक आज बस्दै, वामदेवबारे छलफल हुने
विराटनगरमा १८ जना एमाले कार्यकर्ताले दिए सामूहिक राजीनामा
सचिवालय बैठक बोलाउने एमालेको तयारी
रास्वपाको राजनीतिक प्रतिशोधको बेलुन जिल्ला अदालतमा फुस्कियो : सूर्य थापा
पूर्व सांसदलाई पनि एमालेले गर्यो कारवाही
धनगढीमा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक जारी