मणिपाल मेडिकल कलेज सुटुक्कै किनबेच गर्न लागिएपछि विरोधमा उत्रिए सांसदहरु

सफल खबर संवाददाता

आइतबार, १० असोज २०७८, १५ : ५५
मणिपाल मेडिकल कलेज सुटुक्कै किनबेच गर्न लागिएपछि विरोधमा उत्रिए सांसदहरु

काठमाडौं । पोखरास्थित मणिपाल मेडिकल कलेजको किनबेच रोक्नुपर्ने प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरूले बताएका छन् । आइतबार बसेको बैठकमा सहभागी भएका सांसदले मणिपाल शिक्षण अस्पताल स्वतः सरकारको रहेको भन्दै किनबेच हुनबाट रोक्नुपर्ने बताएका छन् ।

सांसदहरुले अहिले मणिपाल शिक्षण अस्पताल निजी क्षेत्रलाई दिन लागिएकोमा आफूहरु त्यो सहन नसक्ने पनि बताएका छन् । सांसदहरुले कुनै पनि हालतमा उक्त अस्पातल सरकारको नाममा ल्याउनुपर्ने माग राखेका छन् ।

सरकारसँग सम्झौता गरेर भारतको मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुपले मेडिकल कलेज संचालन गर्दै आएको छ । र, दुई देशबीच कलेजको स्वामित्व ४९ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।

इ.स. १९९२ मा मणिपाल गुप्र र शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालयबीच नेपालमा मेडिकल कलेज संचालन गर्ने सम्झौता भएको थियो । सम्झौताअुनसार सन् २०४४ भित्र यो अस्पताल सरकारलाई हस्तान्तरण गर्नुपर्ने उल्लेख छ ।

सम्झौता सकिन अझैँ २३ वर्ष बाँकी छ । तर, सम्झौताको मसी नसुक्दे मणिपाल ग्रुपले सरकार पक्षलाई थाहै नदिई बिक्री गर्न लागे पछि त्यसविरुद्ध सांसदहरु उत्रिएका छन् ।अहिले पोखराकै केही व्यवसायीहरू मेडिकल कलेज किनेर निजी बनाउन लागेको भन्ने सुनेपछि सांसदहरु त्यसको विरोधमा उत्रिएका हुन् ।

सांसदहरुसँगै समितिको बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया र सहसचिव हरिप्रसाद लम्साल उपस्थित थिए । सांसदहरुले अस्पताल किनबेच हुन लागेको हो भन्ने उनीहरु दुवैले कम्पनी ऐनअनुसार कलेज खरिद विक्रि हुने प्रावधान रहेकाले मन्त्रालयलाई थाहा नहुने जवाफ दिएका छन् ।

बैठकमा पूर्वशिक्षा मन्त्री तथा सांसद गिरिराजमणि पोखरेलले मणिपाल शिक्षण अस्पताल बेच्ने लागिएको सन्दर्भमा कुनै पनि अवस्थामा किनबेच रोक्नुपर्ने बताएका छन् । शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच समन्वय गरेर उक्त कार्य रोक्नुपर्ने उनले बताए ।

विदेशी लगानी प्रवर्द्धन गर्ने काम सरकारको रहेको भन्दै मेडिकल कलेज निजी कम्पनीलाई बेच्नबाट नमिल्ने बताए ।सांसद मानबहादुर विश्वकर्माले मेडिकल कलेज किनबेच हुँदा शिक्षा मन्त्रालय चुपचाप बस्नु गम्भीर रहेको बताए । यदि, मणिपाल गुप्रले अस्पताल चलाउन नसकेको अवस्थामा मेडिकल कलेज सरकारलाईलाई हस्तान्तरण गर्नुपर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस