काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फेरि सम्हालिएर अघि बढ्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले केही मानिस बाहिरिँदैमा नआत्तिन अनुरोध गरेका हुन् ।
'हामीले विगतको समीक्षा गरेका छौं । सिक्ने मुख्यत: उपलब्धी र असफलताबाट हो । सफलतापूर्वक अगाडि बढेका छौं । अलिकिति धक्का खायौं, सेटब्याक खायौं भन्दैमा निराश हुनुहुँदैंन,' ओलीले भने, 'संविधान बनाएपछि सरकारबाट हटाइयौं । खासै फरक परेन । सम्हालिएर अघि बढ्यौं । बलियो भएर सरकारमा आयौं । फेरि पनि हामी सम्हालिएर अघि बढ्छौं ।'
विचार, संगठन र विगतका कामहरुले सम्हालिएर अघि सक्ने उनको भनाइ थियो । 'कसरी भोट माग्न जाने, के के गर्यौ भन्ने स्थिति छैन । केही काम नगरेर, विध्वंश मच्चाएर काम गर्ने त जनतामा जाने भन्दै छन् । हामीले त काम गरेका छौं,' उनले भने, 'जनताको इच्छा, आकांशविरुद्ध केही गरेका छैनौं । जनताको पक्षमा, समाजिक परिवर्तनको क्षेत्रमा असाधारण काम गरेका छौं ।'
यिनै कुराहरु प्रतिवेदनमा रहेको र केन्द्रीय सदस्यहरुले समर्थन गरेको भन्दै ओलीले धन्यवाद दिए ।
आफूहरुको गन्तव्य समाजवाद भएको उनले बताए । 'हामीले स्पष्ट गन्तव्य तोकेका छौं । अहिले समाजवाद उन्मुख बाटो भनेका छौं । नबुझिने खालको होइन, बुझिने खालका बहस, गन्तव्यमा छौं,' ओलीले भने, 'हामीले भनेको समाजवाद समृद्ध नेपाल सुखी नेपाली हो । समाजिक समानतासहितको समृद्ध नेपाल हो । जनताको जीवनस्तरमा आएको परिवर्तनसहित समृद्ध नेपाल हो ।'
कागजी र तथ्यांकको समृद्धि एमालेको लक्ष्य नभएको उनको भनाइ थियो । 'हाम्रो एटिट्युट पुँजीपति एटिट्युट होइन । जीडीपी, प्रतिव्यक्ति आय बढ्यो भनेर समृद्धि हासिल गर्ने तर मानवीय आसु पीडा बाँकी नै हुन्छ । हामी सानो पनि पीडा हुनुहुँदैन भनेर अघि बढ्छौं,' उनले भने, 'समाजको कोही वर्ग पछाडि नपरोस् । हरेकले वितरण, उपलब्धी, राष्ट्रिय मतमा आफ्नो हिस्सा हुन सकोस् भनेर सुझावहरु आएका छन् । म स्वागत गर्छु ।'
ओलीले आत्मनिर्भरतातिर अघि बढ्ने बताए । व्यापारलाई घाटाको स्थितिबाट नाफामा लैजान निर्यात बढाउनेतिर आफूहरु जाने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असोज २०७८, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
माओवादीले ६ महिनाभित्र पार्टी सदस्यता ५ प्रतिशत बढाउने
अर्को केन्द्रीय समिति बैठकले मात्र महाधिवेशनको मिति तय गर्ने
माओवादीको केन्द्रीय समिति बैठक सर्यो
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, तीन एजेन्डा तय
काँग्रेस केन्द्रीय समिति बैठक जारी, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी