छोराको सर्टिफिकेट लिन विद्यालय जाने क्रममा अरिङ्गालले टोक्दा बुबाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०९ असोज २०७८, १५ : ३३
छोराको सर्टिफिकेट लिन विद्यालय जाने क्रममा अरिङ्गालले टोक्दा बुबाको मृत्यु

दैलेख । जिल्लाको ठाटीकााँध गाउँपालिकामा अरिङ्गाले टोक्दा एक जनाको मृत्यु भएको छ । 

ठाँटीकाँध गाउँपालिका–५ तोलीपाटाका  ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी अनुपम श्रेष्ठले बताए ।

शुक्रबार दिउँसो छोराको सर्टिफिकेट लिन विद्यालय जाने क्रममा अरिङ्गालले टोक्दा घाइते भएका शाहीलाई हेलिकप्टरमार्फत  प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याइएको थियो । प्रदेश अस्पताल सुर्खेतको आईसीयूमा राखेर उपचार थालिएको बेला शनिबार मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

मृतक देवबहादुर शाही विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ संगठन नेपाल किसान संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्यसमेत हुन् । 

प्रतिक्रिया दिनुहोस