काठमाडौँ । कोरोना संक्रमणका कारण बन्द रहेका सबै नाका खुलाउने सरकारले निर्णय गरे पनि सीमा वारपारमा अझै उस्तै सास्ती व्यहोर्नुपरेको छ । मातहतका निकायमा सरकारको निर्देशन नआएको भन्दै सुरक्षाकर्मीले नाकामा पूर्ववत् व्यवहार गरिरहेका छन् ।
गत मंगलबार संघीय सरकारले सीमा नाका खुलाउने निर्णय सार्वजनिक गरेलगत्तै ओहोरदोहोर गर्नेको संख्या बढेको छ । तर, शुक्रबारसम्म मालवाहकबाहेक गाडीलाई दुवै मुलुकतर्फ प्रवेश अनुमति दिइएको छैन ।
रूपन्देहीको बेलहिया नाकामा शुक्रबार सर्वसाधारणको बाक्लो ओहोरदोहोर थियो । उनीहरू पैदल यहाँबाट भारततर्फ जाने र मुलुक प्रवेश गरिरहेका थिए । मानिस आवतजावत गरिरहे पनि सवारीसाधनमा भने रोक लगाइएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।
प्रहरीका अनुसार सानादेखि ठूला कुनै सवारीसाधन आउजाउ गर्ने वातावरण बनेको छैन । भारतीय पर्यटक नेपाल आउने क्रम भने त्यति बाक्लो छैन । उनीहरू आएको खण्डमा प्रशासनको पत्रसहित आउने गरेको प्रहरीको भनाइ छ ।
नाकामा राखिएको स्वास्थ्य जाँच स्थानमा सामूहिक आवागमनलाई प्राथमिकतामै राखी जाँच्ने गरिएको छ । भारतीय नाकाबाट पारि जाने नेपालीका हकमा भने नागरिकताको प्रमाणपत्र हेरी पठाउने गरिएको छ । नाका खोल्न नभई सहजीकरणको अनुमति पाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
‘पीसीआर रिपोर्ट नेगेटिभ, खोपको डबल डोज लगाएका मानिस पारिदेखि आउने गरेका छन्,’ उनले भने, ‘अन्य मापदण्ड पुरानै रहेको छ ।’ अहिले नै नाका खोलिहाल्ने निर्णय नगरिएको तिवारीले बताए । कपिलवस्तुका नाका पनि सञ्चालनमा आएका छैनन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०९ असोज २०७८, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तर-सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने
सीमामा गरिब जनतालाई अनावश्यक दुख नदिन सशस्त्र प्रहरीको ध्यानाकर्षण