बसन्त चौधरीको स्वास्थ्य अवस्था सामान्य

सफल खबर संवाददाता

शुक्रबार, ०८ असोज २०७८, २० : १५
बसन्त चौधरीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । हाल युएइको दुबईमा उपचारार्थ रहनुभएका उद्योगी,व्यवसायी तथा साहित्यकार बसन्त चौधरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्यमा केही असहज भएपछि उनी थप परीक्षणको निम्ति अस्ति त्यहाँ पुगेका हुन् । 

सुरक्षास्रोतका अनुसार केही दिनअघि काठमाडौंमा उनलाई माइनर अट्याकको लक्षण देखिएपछि नर्भिक अस्पतालमा एन्जियोग्राफी गरिएको थियो । एन्जियोग्राफीपछि थप गर्नुपर्ने एसएफआर टेष्टको निम्ति उनी  त्यता गएका हुन् । 

दूरीको हिसाबले नजिकको भारत वा सिंगापुर जाने अवस्थामा उनले दुबई रोजेका हुन् । कोरोना महामारीका कारण सिंगापुरमा अहिले नेपालबाट हवाई यात्रा सम्भव देखिँदैन । त्यसैले उनले दुबई रोजेका चिकित्सा स्रोतले पुष्टि गरेको छ । उनको एसएफआर टेष्ट हिजो भइसकेको छ ।

उक्त टेष्टमा उहाँको मुटुको देब्रे धमनीमा केही ब्लकेज अर्थात अवरोध देखिए पनि खतरामुक्त रहेका स्रोतले बताएको छ । 

प्रतिक्रिया दिनुहोस