नेपालले १२ मुलुकका नागरिकलाई अनअराइभल भिसा नदिने

सफल खबर संवाददाता

शुक्रबार, ०८ असोज २०७८, १९ : ३८
नेपालले १२ मुलुकका नागरिकलाई अनअराइभल भिसा नदिने

काठमाडौं । नेपालले १२ वटा द्वन्द्वग्रस्त मुलुकका नागरिकलाई अनअराइभल भिसाको सुविधा नदिने भएको छ ।

अध्यागमन विभागका अनुसार नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्लालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले नेपाली अध्यागमन बिन्दुमा अनअराइभल भिसा पाउने छैनन् । 

नेपालले कोभिड १९ विरुद्धको पूर्ण खोप प्राप्त गरी १४ दिन पूरा गरेका विदेशी नागरिकलाई बिहीबारबाट अनअराइभल भिसा खुला गरेको थियो । विभागले ७२ घण्टाभित्रको पीसीआर रिर्पोट साथमा लिएर आएमा अध्यागमन विन्दुबाटै भिसा दिने निर्णय भएको छ । 


 

प्रतिक्रिया दिनुहोस