दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गरिने

शनिबार, ०८ बैशाख २०७५, २१ : १२
दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गरिने

चैतारा  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी अब आधुनिक ऊर्जावाट खाना पकाउने अभियान चलाउने योजना रहेको बताउनुभएको छ ।

सिन्धुपाल्चोकको चौतारा सागाचोक गढी नगरपालिकाअन्तर्गत सानुसिरुवारीस्थित मजुवा बगर ग्रामीण लिफ्ट सौर्य खानेपानी योजनाको उद्घाटन गर्दै उहाँले भ्रष्टाचाररहित समाज निर्माण गरी देशमा सुशासन कायम राखिने बताउयनुभयो ।

प्रायः हरेक ठाउँमा सौर्य ऊर्जाबाट लिफ्टिङ गरी सिँचाइ तथा खानेपानी योजना सञ्चालन हुँदै आएकामा त्यस्ता योजनामा प्रयोग हुँदै आएको शक्तिलाई राष्ट्रिय ग्रीडमा जोडेर खेर गएको शक्तिलाई सरकारले खरिद गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले दिगो विकास योजनाको खाका तयार गरी सड्क, खानेपानी, शिक्षा तथा विद्युतीकरणको योजनाबद्ध तरिकाले काम अघि बढिरहेको चर्चा गर्नुभयो ।

यसअघि आजै मन्त्री पुनले निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको निरीक्षण गर्नुेभयो ।

सो अवसरमा संघीय संसद्का सदस्य अग्नि सापकोेटा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपराज उपाध्याय तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस