मध्यपुर थिमीका नगर प्रमूखमाथि आक्रमण

शनिबार, ०८ बैशाख २०७५, १९ : २७

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि दुईजनाले आज सांघातिक आक्रमण गरेका छन् ।
साँझ करिब ६ बजे उहाँको निवास अगाडि घर प्रवेश गर्न लागेका बेला अपरिचित दुई व्यक्तिले ‘मेयरसाब’ भनी बोलाउँदै फलामे रडले प्रहार गरेको घाइते प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
आक्रमणपछि घाइते हुनुभएका प्रमुख श्रेष्ठको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ । घाइते प्रमुखको खुट्टा, दाहिने हात र टाउकोमा चोट लागेको छ ।
आक्रमणपछि प्रमुख श्रेष्ठ भागेर नजिकैको मोबाइल पसलमा गएर लुक्नुभएको थियो । त्यसपछि आक्रमणकारीले प्रमूख श्रेष्ठ चढेको बा ८ च ८७२० नं. को गाडीमा तोडफोड गरेर पूर्र्णरुपमा क्षति पु¥याएका छन् । आक्रमणकारीको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त, थिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस