भिरबाट लडेर एकको मृत्यु

शनिबार, ०८ बैशाख २०७५, १९ : २१
भिरबाट लडेर एकको मृत्यु

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ प्वाङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–४ का ५० वर्षीय गोपालजङ्ग विकको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफन्तको घरबाट आफ्नो घर जाँदै गर्दा विकको आज लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो । बाटोभन्दा करीब ३०० मिटर तल भिरमा शव फेला परेको उहाँले बताउनुभयो । विकको शव परीक्षणका लागि जिल्ला अस्पताल पश्चिममा पठाएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस