चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन्। बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन्। उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ। घाइतेको अवस्था मध्यम रहेको छ।
कारमा सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ। कारसहित उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०८ असोज २०७८, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन
त्रिशूलीमा ट्रक खस्यो
२ वटा एक्साभेटर र ३ वटा टिपर त्रिशूलीले बगायो
आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता
त्रिशूलीमा ट्याक्सी दुर्घटना : बेपत्ता एक जना अझै फेला परेनन्
त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु