काठमाडौँ । चितवनको भरतपुर–२९ स्थित चौध किलोमा एक ट्रक अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको छ ।
नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक आफै अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो ।
घटनालगत्तै प्रहरी चौकी जुगेडीबाट खटेको प्रहरी नायव निरीक्षक ठाकुर प्रसाद पनेरुको कमान्डको टोलीले चालक र सहचालकको उद्धार गरेको छ ।
यद्यपि चालक राम नारायण यादवको सरकारी अस्पताल भरतपुर बिहान ८ः २० बजे मृत्यु भएको बताइएको छ । सहचालक सुन्द्र कुमार यादवको भने उपचार जारी रहेको छ ।
सवारी साधनमा पूर्ण रूपमा क्षति भएको र ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ चैत्र २०८१, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन
त्रिशूलीमा ट्रक खस्यो
२ वटा एक्साभेटर र ३ वटा टिपर त्रिशूलीले बगायो
आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता
त्रिशूलीमा ट्याक्सी दुर्घटना : बेपत्ता एक जना अझै फेला परेनन्
त्रिशूलीमा ट्याक्सी खस्दा ५ जनाको मृत्यु